मानव बेचबिखनको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्त

5.79K
shares

काठमाडौँ । सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो। पूर्वचालक वाङ्छु शेर्पाले लक्कीलाई मानव बेचबिखनको आरोप लगाएपछि उनी विवादमा परेकी थिइन्।

विवादमाथि छानबिन गर्दै परराष्ट्र मन्त्रालयले शेर्पालाई राजदूत कायमै राख्न उचित नहुने ठहर गरेको थियो। परराष्ट्रको ठहरपछि शेर्पालाई राजीनामा दिन निर्देशन दिएपनि उनले अटेरी गरेपछि उनी बर्खास्तमा परेकी हुन्। राजदूत विवादमा परेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तापक्षीय सांसदहरुले छानबिनको माग गरेका थिए।

मन्त्रिपरिषद् बैठकले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ। सोमबार बसेको बैठकले मानव बेचविखन प्रकरणमा मुछिएकी राजदूत शेर्पालाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो।

पूर्वचालक वाङ्छु शेर्पाले लक्कीलाई मानव बेचबिखनको आरोप लगाएपछि उनी विवादमा परेकी थिइन् । विवादमाथि छानबिन गर्दै परराष्ट्र मन्त्रालयले शेर्पालाई राजदूत कायमै राख्न उचित नहुने ठहर गरेको थियो । परराष्ट्रको ठहरपछि शेर्पालाई राजीनामा दिन निर्देशन दिएपनि उनले अटेरी गरेपछि उनी बर्खास्त गरिएको हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083