आँखा अस्पताललाई सरकारले जग्गा उपलब्ध गराउने

4.45K
shares

काठमाडौं। सरकारले काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई अस्पताल परिसरमै रहेको गुठीको जग्गा उपलब्ध गराउने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले नेपाल आँखा अस्पतालको सेवालाई विस्तार गर्न अस्पताल परिसरमै रहेको गुठीको जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएकी हुन्।

उनले त्यसका लागि सरकारले गुठीसँग कुरा गरिरहेको जानकारी दिइन्। सोमबार सो अस्पतालको स्तरोन्नति गरिएको ओपीडी हलको उद्घाटन गर्दै मन्त्री अर्यालले अस्पतालको माग अनुसार सेवा विस्तारका लागि अस्पताल परिसरमा रहेको गुठीको जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएकी हुन्।

यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी लिएलगत्तै मन्त्री अर्यालले सो अस्पतालको निरीक्षण गरेकी थिइन्। आफूले निरीक्षण गरेको बेला भन्दा अस्पतालको व्यवस्थापनमा धेरै सुधार आएको मन्त्री अर्यालको भनाइ थियो। अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेले अस्पतालको स्तरोन्नति गर्ने क्रममा ओपीडी सेवा हलको स्तरोन्नति गरी उद्घाटन गरिएको जानकारी दिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083