वैद्य नेतृत्वको नेकपाको राजधानीमा र्यालीसहितको प्रदर्शन
वि.सं.२०७५ पुस २३ सोमवार १७:४०
5.15K
shares
shares

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आफ्ना नेता पक्राउको विरोध तथा वाइडबडी खरिदमा भएको भ्रष्टाचरमा संलग्नलाई कारवाहीको माग गर्दै र्यालीसहित प्रदर्शन गरेको छ । काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा प्रदर्शन शुरु भएको थियो ।
नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई कालो मोसो दलको अभियोगमा प्रहरीले आफ्नो नेता पक्राउ गरेको विरोधमा नेकपा (क्रान्तिकारी माओवादी)ले प्रदर्शन गरेका हुन् ।
पुस २२ गते पार्टीका काठमाडौं जिल्ला कमिटी सदस्य सुरेश तामाङलाई प्रहरीले पक्राउ गरेको थियो । र्यालीमा सहभागिहरुले ‘वाइडबडी प्रकरणमा मुछिएकाहरुलाई कारवाही गर्न तथा आफ्ना नेताको रिहाइको माग गरेका थिए ।




























