लगानी सम्मेलनमा जुट्न नेपाली दूतावासहरुलाई निर्देशन

4.63K
shares

काठमाडौं। सरकारले आगामी चैत्र दोस्रो साता हुने ‘नेपाल लगानी सम्मेलन’को तयारीमा जुट्न नेपाली दूतावासलाई निर्देशन दिएको छ। परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले ‘नेपाल लगानी सम्मेलन’को आवश्यक तयारी गर्न विभिन्न देशमा रहेका नेपाली दूतावासलाई निर्देशन दिइएको जानकारी गराएका हुन्।

सरकारले आगामी चैत्र १५ र १६ गते नेपाल लगानी सम्मेलन आयोजना गर्दैछ। त्यसका लागि विदेशस्थित नेपाली दूतावासलाई आवश्यक तयारी गर्न सरकारले निर्देशन दिएको परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ छ। परराष्ट्रमन्त्री ज्ञवालीले राजदुतहरुको नियुक्ती संविधान सम्मत ढंगले अघि बढाइएको बताए। उनले राजदूत फिर्ता गर्ने काममा सरकारले कहिँकतै राजनीतिक पूर्वाग्रह नराखेको दावी समेत गरे।

परराष्ट्रमन्त्री ज्ञवालीले राजदुत नियुक्तीलाई समावेशी बनाउन सरकार प्रतिवद्ध रहेको बताए। बैठकमा समितिका सदस्यहरुले राजदुत नियुक्ती समावेशी नभएको भन्दै सरकारको आलोचना गरेका थिए। परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले सबै मुलुकहरुसँग मित्रवत कूटनीतिक सम्बन्ध विकास गर्ने नीति लिएको स्पष्ट पारे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083