चौतारा क्याम्पस जिल्लाकै उत्कृष्ट: देशकै उत्कृष्ट क्याम्पस बनाउने नेकपा नेता माधवको उद्घोष

6.88K
shares

सिन्धुपाल्चोक । गत वर्षको स्ववियु निर्वाचन पछि विभिन्न क्याम्पसका स्ववियुहरु सक्रिय हुन थालेका छन् । आंशिक निर्वाचन मात्र सम्पन्न भएको गत स्ववियु निर्वाचानको स्ववियुले भने रचनात्मक र निकै उत्कृष्ट काम कार्यहरु सन्चालन गर्दै आएका छन् । चौतारा बहुमुखी क्याम्पसको स्ववियुले पनि यसै उदारण पेश गरेको छ । वार्षिक तालीका अनुसार नै सबै काम कार्य नियमित रुपमा सन्चालन हुने भएकाले जिल्लाकै उत्कृष्ट क्याम्पसको रुपमा चौतारा बहुमुखी क्याम्पस हेरीएको स्ववियु सभापति मिलन लामाको दाबी छ ।

शुक्रबार विहान जिल्लाको स्थानियतह बाट स्नातक तह प्रथम वर्षमा विज्ञान, शिक्षा , व्यवस्थापन तथा मानविकी संकायमा अध्यान गर्न आएका विद्यार्थीलाई स्वागत गर्दै आयोजना भएको सांस्कृतिक कार्यक्रममा
नेकपाका केन्द्रीय सदस्य तथा युवा नेता माधव सापकोटाले स्ववियुको खुलेरै प्रशंसा गर्दै चौतारा बहुमुखी क्याम्पस देशकै उत्कृष्ट क्याम्पसको रुपमा स्थापित गरेर छाड्न उद्घोष गरेका छन् ।

कार्यक्रममा नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) केन्द्रीय सचिव तथा प्रदेश तीनका संयोजक पवन कार्कीले यो पटक सबै क्याम्पसहरुमा स्ववियु निर्वाचन गर्ने प्रतिबद्धा समेत जाहेर गर्दै निजिकरणका विरुद्ध देशै भरि संघर्ष गर्दै आएको र अब एकताको शक्तिले सबै शैक्षिक माफियाहरुको अन्त्य गर्ने र समाजवादी शिक्षाको आधार तय गर्दै त्यसलाई लागु गर्ने समेत बताएका छन् । कार्यक्रममा क्याम्पस संंचालक समितीका अध्यक्ष कृष्णराज श्रेष्ठ विद्यार्थीका पुर्व केन्द्रिय सदस्य रबिन बस्नेत लगायत विभिन्न संगठन र पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।


divya collage
unigloble collage