डिनद्वारा अभद्र व्यवहार, दोषीलाई कारवाहीको माग

Nepal Life Insurance Long Ad

बनेपा । काठमाडौंँ विश्वविद्यालयका प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले यसअघि गरेको सम्झौता पूर्णरूपमा कार्यान्वयन गर्न दबाबस्वरुप गरिएको तालाबन्दीको क्रममा स्कुल अफ मेडिकल साइन्सेजका डीन, सह–डीन र केही व्यक्तिले हातपात गरेको भन्दै दुवै सङ्घले आपत्ति जनाएको छ ।

प्राध्यापक सङ्घका महासचिव डा विकास अधिकारी र कर्मचारी सङ्घका सचिव सुदन ढुङ्गेलले बुधबार जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘स्कुल अफ मेडिकल साइन्सेजका डीन प्रा डा राजेन्द्र कोजूको कार्यालय बन्द गर्न शान्तिपूर्णरूपमा जाने क्रममा सो स्कुलका डीन, सह–डीन र केही व्यक्तिले भिडन्त निम्त्याइ विश्वविद्यालयका प्राध्यापक र कर्मचारीमाथि हातपात र अभद्र व्यवहार गराएको तथा पेशागत हकहितका लागि विश्वविद्यालयमा भइरहेको आन्दोलन दबाउन गरिएको सो कार्यको घोर भत्र्सना गर्दै स्कुल अफ मेडिकल साइन्सेजका डीन र सह–डीनलाई कारवाहीकोे माग गर्दछौं ।’

दुवै सङ्घसँग चार बुँदे सम्झौता गरी १०६ दिनसम्म पनि सो सम्झौता कार्यान्वयन नभएको अवस्थामा पुस १५ गते प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले आन्दोलनको घोषणा गर्दै विज्ञप्ति जारी विश्वविद्यालयका सबै कार्यालयमा तालाबन्दी गर्ने जनाएको थियो । सोहीअनुरुप १६ गतेबाट विश्वविद्यालयका स्कुल अफ ल, स्कुल अफ मेडिकल साइन्सेज, स्कुल अफ आर्टस्, स्कुल अफ एजुकेसन र स्कुल अफ मेनेज्मेन्टका डीन कार्यालय तालाबन्दी गरिएको थियो ।

यसैबीच काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार प्रा डा सुवोध शर्माले बुधबार विज्ञप्ति जारी गरी गत भदौ ३० गते भएको सम्झौताका बुँदा कार्यान्वयन गर्ने प्रयास भइरहेको जनाएको छ । सो क्रममा सम्झौता अनुसार एक महिनाभित्रमा विशेषसभा बोलाई वृहत छलफलाबाट निकास दिने निर्णयसमेत भएको हुँदा सोही अनुरुपको प्रयास भइरहेकोमा विश्वविद्यालयको हितमा संलग्न हुन सबै पक्षलाई अनुरोध गरिएको छ । दुवै सङ्घले भने सम्झौताको पूर्ण कार्यान्वयन नभएसम्म तालाबन्दी जारी रहने जनाएको छ ।

यसैबीच काठमाडौंँ विश्वविद्यालयको क्यान्टिनमा बुधबार राति तोडफोड भएको छ । काठमाडौंँ विश्वविद्यालयका सूचना प्रमुख डा हेमराज काफ्लेका अनुसार क्यान्टिनको किचेनपट्टीको ढोका फोरेर ग्यास लिक गराएको पाइएकाले सो ठाउँ नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

२०८२ जेठ १९ सोमवार

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रुपमा एसएसपी...

साइबर ब्युरोद्वारा सर्वसाधारणलाई सतर्क रहन आग्रह

साइबर ब्युरोद्वारा सर्वसाधारणलाई सतर्क रहन आग्रह

२०८२ जेठ १७ शनिवार

काठमाडौँ । नेपाल प्रहरीले अनधिकृत पहुँच र फिसिङ एसएमएसमार्फत ठगीका...

एसएसपी नवराज अधिकारी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखमा नियुक्त

एसएसपी नवराज अधिकारी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखमा नियुक्त

२०८२ जेठ १७ शनिवार

काठमाडौं   ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा वरिष्ठ प्रहरी...