कालापानीका विषयमा सङ्कल्प प्रस्ताव

Nepal Life Insurance Long Ad

काठमाडौँ । “नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रको सीमा विवाद सम्बन्धी विषयमा” संसद्मा सङ्कल्प प्रस्ताव प्रस्तुत भएको छ ।

सरकारले सीमाबिबादलाई सशक्तरूपमा कूटनीतिक र उच्चस्तरीय राजनीतिक पहलकदमी गरी नेपालको भू-भाग अक्षुण राख्ने र कालापानी क्षेत्रमा रहँदै आएको भारतीय सेना हटाउन राष्ट्रको आवाज एकताबद्ध बनाउन प्रस्तुत गरिएको उक्त प्रस्तावमा उल्लेख छ । राष्ट्रियसभाको आजको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का सचेतक खिमलाल भट्टराईले प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सचेतक सरिता प्रसाइले समर्थन गरेका छन् ।

प्रस्ताव प्रस्तुत गर्नुहुँदै सचेतक भट्टराईले लिपुलेक, लिम्पयाधुरालाई भारतीय भूमिमा राखिनु अविभाज्य नेपालका लागि सह्य नहुने बताए । सबै दलले भारतीय सेना फिर्ता गर्न एकता प्रदर्शन गरेको, सरकारले यसलाई सशक्त रूपमा कूटनीतिक पहल गर्न प्रस्ताव दर्ता गरिएको उनले बताए ।
प्रस्तावमा कालापानीलगायत सबैतिरको सीमासमस्या समाधान गर्न सहयोग पुग्ने, सीमा सम्बन्धमा गरिएको पहल निष्कर्षमा पु¥याउन सहयोग पुग्ने उल्लेख छ । अन्तर्राष्ट्रिय नदी सिद्धान्तका आधारमा महाकालीको मुहान र सीमा सम्बन्धी समस्या समाधान गरिनुपर्ने सांसद भट्टराईले बताए । सबै प्रमाणले उक्त भूमि नेपालको भन्ने निश्चित रहेको प्रस्तावमा उल्लेख छ ।

बुधबार प्रधानमन्त्री केपीशर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुभकामना आदानप्रदानसँगै सीमा समस्या समाधानगर्ने विषयमा पनि कुराकानी भएको सांसद भट्टराईले सुनाए । धेरै सिमाका समस्या दक्षिणतिर रहेको उल्लेख गर्दै उनले उत्तरतिर भएका समस्या पनि समाधान गर्न एकताबद्ध भएर लाग्न आह्वान गरे । प्रस्तावको समर्थन गर्नुहुँदै प्रमुख प्रतिपक्षी दलका सचेतक प्रसाइले सत्ता र प्रतिपक्षले राष्ट्रिय एकताका लागि संयुक्त प्रस्ताव प्रस्तुत गरेको बताए । भारतले नेपाली भूमि आफ्नो नक्शामा राखी सार्वजनिक गरेपछि समस्या समाधानका लागि कूटनीतिक प्रयास भने अझै हुन नसकेको उनले बताए ।

नेपालीको भावनामा ठेस् पुग्ने काम भारतले गरेको बताउनु हुँदै सचेतक प्रसाइँले कूटनीतिक पहल गर्न नेपाली जनताले माग गरिरहेको उल्लेख गरे । “जनताको साथ हुँदाहुँदै पनि किन सरकारले केही गर्न सकेन भनी प्रश्न उठाइएको छ, सीमा समस्या समाधानका लागि के भइरहेको छ भन्ने जानकारी गराउन सरकारलाई कसले रोकिरहेको छ प्रधानमन्त्री तहबाट पनि समस्या समाधानका लागि यसअघि नै पहल गरिनुपथ्र्यो”, उनले भनेका छन् ।

सांसद राधेश्याम अधिकारीले नक्शा सार्वजनिक भएपछि सुषुप्त रहेको विवाद सतहमा आएको बताए । हाल विवादमा ल्याइएको कालीनदीको मुहान कुन हो भन्ने विषयमा प्रधानमन्त्रीको तहबाट राजनीतिक संवाद गरी समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए । सडक सञ्जाल बनाउने, सीमा सुरक्षा पोष्ट खडा गर्ने विषयलाई पनि सरकारले प्राथमिकतासाथ अघि बढाउनुपर्ने सांसद अधिकारीको माग थियो । सांसदद्वय शेरबहादुर कुँवर र ठगेन्द्रप्रकाश पुरीले समस्या समाधानका प्रस्ताव आउनु खुशीको विषय भएको उल्लेख गर्नुहुँदै एकताकासाथ लाग्नुपर्नेमा जोड दिएका थिए ।

सांसद वृशेषचन्द्रलालले वार्ता र कूटनीतिक तवरबाटै समस्या समाधान गरिनुपर्ने बताए । चीनसँग प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले सगरमाथा सीमा विवादका सम्बन्धमा वार्ताबाट कूटनीतिक तवरमा समस्या समाधान गरेको विषय अहिले उदाहरण हुनसक्ने सांसद लालले बताए । प्रस्ताव एक ठाउँको समस्यामा मात्र केन्द्रित हुनुभन्दा सबैतिरको समेटिनुपर्ने उनको माग थियो । सांसद प्रमिलाकुमारीले कूटनीतिक पहलबाट समस्या समाधान गर्ने प्रस्तावमा आफ्नो दलका तर्फबाट समर्थन रहने बताए । सांसद जीवन बुढाले भारतको माटो मागेको नभइ नेपाली माटोको रक्षा गर्ने विषय उठाएको बताए।


स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...