त्रिविको यस्तो आयो खबर १० भन्दा कम विद्यार्थी भएका संकाय बन्द गरिने

6.44K
shares

विराटनगर। त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँले त्रिवि अन्तर्गतका क्याम्पसमा कुनै संकायमा १० जना भन्दा कम विद्यार्थी भएमा त्यस्ता संकायको पठन–पाठन बन्द गर्ने बताएका छन् ।

उनले त्रिविको शिक्षा सुधार कार्यक्रम अनुसार १० भन्दा कम विद्यार्थी भएका संकायका विद्यार्थीलाई अर्को क्याम्पसमा स्थानान्तरण गर्ने जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयको उच्च शिक्षा सुधार परियोजना कार्यालयले शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले भने ‘कुनै संकायमा एकरएक जना विद्यार्थी राखेर बस्ने समय अब छैन, कक्षा सञ्चालनका लागि कम्तीमा १० जना भन्दा बढी विद्यार्थी आवश्यक पर्छ, यदि त्यो संख्या पूरा गर्न सकिएन भने कक्षा सञ्चालन बन्द गरिने बताए ।

 

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083