रिलिज मिति तय गर्दै ‘समर लभ’को फस्टलुक रिलिज

6.42K
shares

काठमाडौं । सुविन भट्टराईको उपन्यास ‘समर लभ’मा आधारित रहेर निर्माण भएको फिल्म ‘समर लभ’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। सोमबार निर्माण युनिटले फिल्मको प्रदर्शन मिति तय गर्दै फस्टलुक पोस्टर सार्वजनिक गरेको हो।

पोस्टरमा फिल्म माघ २५ गते रिलिज हुने लेखिएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्रीलाई देखाइएको छ। मुस्कान ढकालको निर्देशनमा बनेको यस फिल्मबाट आशिष र रेवतीले डेब्यु गर्दैछन्। फ्लोरमा गएको लगभग एक वर्षपछि फिल्म रिलिज हुन लागेको हो। निर्देशक ढकाल विदेशको सुटिङ र फिल्ममाथिको अपेक्षालाई पूरा गर्ने गरी तयार गरिरहँदा फिल्म रिलिजमा समय लागेको बताउछन्। उनी भन्छन्, ‘किताबको हाइप पूरा गर्न पनि फिल्ममा धेरै मेहनत गर्नुपर्ने थियो।

अब हामी दर्शकलाई अपेक्षा गरे अनुरुपको फिल्म पस्कन तयार छौं।’ सुविनको कथालाई सामिप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन्। फिल्ममा सुविन र सामीप्यको संवाद सुन्न सकिन्छ। ‘नाइटिंगेल इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता हुन्। सञ्जय लामाले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्।


divya collage
unigloble collage