बिहीबार दोस्रो पटक विवाह गर्दै दीपिका–रणवीर

5.77K
shares

एजेन्सी । दीपिका पादुकोण र रणवीर सिंहबीच विवाह भएको छ। इटलीको लेक कोमोमा कोंकणी परम्परा अनुसार उनीहरुले १४ नोभेम्बरमा विवाह गरेका हुन्। बेहुला भएका रणवीर सिंहको एउटा फोटो यतिबेला सामाजिक संजालमा भाइरल भएको छ। जुन फोटो उनी बेहुला बनेपछिको पहिलो भएको बताइएको छ। यद्यपी फोटोलाई लिएर केही सन्देश उत्पन्न भएको छ।

फोटोको विश्वसनीयतामा यसकारण पनि शंका उत्पन्न भएको छ, की फोटोको पृष्ठभूमिमा केही पारिवारिक फोटो पनि राखिएको देखिन्छ। जबकि उनीहरुको विवाह इटलीको लेक कोमोमा भएको हो। त्यस्तोमा त्यहाँ पारिवारिक फोटो कसरी पुग्योरु अर्को कुरा कोंकणी परम्परा अनुसार विवाहमा रणवीरले दक्षिण भारतीय ह्वाइट अटायर लगाएका थिए, जुन केही फोटोमा देखिइएको पनि छ। जबकि भाइरल फोटोमा रणवीरले शेरवानी लगाएका छन्।

दीपिका र रणवीरका विवाह दुई प्रकारको परम्परा अनुसार भएको छ। पहिलो पटक कोंकणी परम्परा अनुसार १४ नोभेम्बरमा विवाह भइसकेको छ, किनभने दीपिका दक्षिण भारतीय भएका कारण त्यही परम्परा अनुसार विवाह गरिएको हो। र, रणवीर सिंह सिन्धी भएका कारण १५ नोभेम्बरमा सिन्धी परम्परा अनुसार विवाह भएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083