पोखरामा आजदेखि आउटडोर फिल्म फेस्टिबल

6.2K
shares

पोखरा । पोखरामा शुक्रबारदेखि आउटडोर फिल्म फेस्टिबल हुँदैछ । ३ दिन सम्म हुने फिल्म फेस्टिबलमा अन्तर्गत शुक्रबार लेकसाइड क्याम्पिङ चोकमा रक्की प्रदर्शन गरिनेछ ।

त्यस्तै शनिबार फिल्म टाइटनिक अमरसिङ ग्राउन्डमा र आइतबार फिल्म पोकाहोन्तस लर्निङ हाउस रुफटपमा प्रदर्शन हुन लागेको हो । साँझ ६ बजेबाट सुुरु हुने कार्यक्रममा प्रवेश शुल्क लाग्ने छैन । पोखराको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने उदेश्य सहित उक्त कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।

पोखरामा पहिलो पटक आयोजना गरिएको फिल्म फेस्टिबलमा सर्वा्धिक रुचाइएका ३ फिल्म प्रर्दशन गर्न लागिएको हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083