चलचित्र ‘दि कर्मा’को प्रदर्शन मिति सर्यो, माघ ४ गते रिलिज हुने

5.33K
shares

काठमाडौँ । यसअघि मंसिर ७ गते रिलीज हुने भनिएको नेपाली चलचित्र दि कर्मा माघ ४ गतेलाई सरेको छ। चलचित्रका निर्माता जयराज रायका अनुसार विशेष कारणवश यो चलचित्रलाई माघमा सारिएको हो । चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन्। नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको उक्त फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन्।

जय मिडिया म्यानेजमेन्ट प्रालिको ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आँफैले लेखेका हुन्। निशा खतिवडा निर्मात्रीको रुपमा रहेको फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो।भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको यो चलचित्रमा करणका अलावा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083