सरकार अधिनायकवाद उन्मुख : सभापति देउवा

4.67K
shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएको छ। सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ सोझिएको दाबी गरेका हुन्।

दुई तिहाईको सरकार गठनसँगै मुलुकमा राजनीतिक स्थिरता आएको चर्चा गरिएपनि त्यसको महसुस जनताले गर्न नसकेको भन्दै उनले मलुकको राजनीति सत्ताउन्मुख हुदै गएकोमा चिन्ता व्यक्त गरे। अधिनायवादले प्रजातन्त्रलाई नष्ट गर्ने भन्दै उनले २००७ साल देखि प्रजातन्त्रको पक्षमा लड्दै आएको पृष्टभूमिमा फेरि एक पटक प्रजातन्त्र र लोकतन्त्रको संरक्षणका लागि एकजुट हुन कार्यकर्तालाई निर्देशन दिए।

उनले सर्वसत्तावाद उन्मुख सरकारको नियत र अधिनायकवादी चरित्र सदाका लागि अन्त्य गर्न पार्टीले शसक्त प्रतिकार गर्नुपर्नेमा जोड दिए। प्रजातन्त्र रक्षाका लागि विगतमा भएका गल्ती कमजोरीलाई विर्सेर एकढिक्का भई अघि बढ्न पनि उहाँले नेता कार्यर्तालाई निर्देशन दिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083