नेपालमा पहिलो पटक मनाइयो ‘पुरुष दिवस’

Nepal Life Insurance Long Ad

काठमाडौं । स्वतन्त्र युवाहरुको समूह हामी दाजुभाइको आयोजनामा सोमबार अन्तर्राष्ट्रिय पुरुष दिवस मनाइएको छ । आयोजकका अनुसार यसरी पुरुष दिवस मनाइएको नेपालमा पहिलो पटक हो ।

‘सबै पुरुषहरु हिंसालु र बलात्कारी हुँदैनन्’ भन्ने सन्देशका साथ पुरुषहरुलाई असल र आदर्श पुरुष बन्नका लागि उत्प्रेरणा दिन कार्यक्रम गरिएको आयोजकले जनाएको छ । साथै, बालक तथा किशोरमाथि भइरहेको यौनदुव्र्यवहारका समस्या समाजमा लुकिरहेकोले त्यसलाई उजागर गर्ने उद्देश्यले दिवस मनाइएको कार्यक्रममा संयोजक सन्जोग ठकुरीले जानकारी दिए ।

महिलाको अधिकार संकुचित पार्नका लागि नभइ पुरुषहरुलाई पनि प्रोत्साहित गर्न र बालक तथा किशोरहरुमाथि भइरहेका यौनदुव्र्यवहार न्यूनिकरण गर्न पुरुष दिवस मनाइएको उनको भनाइ छ । कार्यक्रममा प्रमुख अतिथी पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले एक दिन नारी दिवस र बाँकी ३६४ दिन पुरुष दिवस भन्नु गलत भएको भन्दै नारी र पुरुष सबैका लागि ३६५ दिन नै दिवस भएको बताए ।

यूएन मेन लिड्स नेटवर्कका सदस्यसमेत रहेका पूर्वप्रधान न्यायाधीश श्रेष्ठले नेपालको कानूनले महिलालाई जबरजस्ती करणी गरे जस्तो सजाय हुन्छ पुरुषमाथि भएपनि उस्तै दण्डको व्यवस्था गरेको भएपनि पित्तृसत्ताका कारण बालक र किशोरमाथि हुने धेरै दुव्र्यवहार र हिंसाका घटना बाहिर नआइरहेको बताए ।


प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

२०८१ फागुन ८ बिहीवार

काठमाडौ ।   अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिले KIIT...

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

२०८१ माघ २९ मंगलवार

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय...

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

२०८१ माघ २८ सोमवार

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक...

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

२०८१ माघ २० आइतवार

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

२०८१ मंसिर ८ शनिवार

रुपन्देही ।  गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा सन्चालन अन्तरक्रिया...