मङ्सिर ५ दखि ८ गतेसम्म नेत्रहीन क्रिकेट प्रतियोगिता सुरु

Nepal Life Insurance Long Ad

विराटनगर । नेत्रहीन क्रिकेट सङ्घ नेपालले शहीद रंगशालामा ‘प्रथम रोनाल्ड म्यकुली कप’ सञ्चालन गर्ने भएको छ । प्रतियोगिता मङ्सिर ५ दखि ८ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा म्याग्दी, झापा, बर्दिया र त्रिभुभन आर्मी क्लब सहभागी हुने संघका केन्द्रीय अध्यक्ष पवन घिमिरेले सोमबार यहाँ पत्रकार सम्मेलनमा जानकारी दिए ।

विश्व नेत्रहीन क्रिकेट परिष्दको नेत्रहीन क्रिकेट खेल नियमअनुसार टि–२० ढाँचामा खेल खेलाइने छ । यस वर्षदेखि शुरु हुन लागेको सो प्रतियोगितामा ६० खेलाडीले भाग लिने सङ्घका अध्यक्ष घिमिरेले बताए । प्रतियोगिता सञ्चालन गर्न करीब रु सात लाख ५० हजार खर्च हुने बताइएको छ । उद्घाटन खेल झापा र बर्दियाबीच हुने कार्यक्रम तय भएको छ । रासस

३ मंसिर २०७५, सोमवार १४:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु