आयोजकले दुर्व्यवहार गरेको भन्दै गायिका ‘ज्योति मगर’ पुगिन् प्रहरीमा
वि.सं.२०७५ मंसिर ६ बिहीवार १६:१४
9.06K
shares
shares

काठमाडौं । नवलपरासीको गैँडाकोटमा प्रस्तुति दिन पुगेकी ज्योति मगरले आफूमाथि आयोजक मध्यकै एकले अपशब्द बोलेर दुर्व्यवहार गरेको आरोप लगाएकी छिन्।
उनले बुधवार सामाजिक सञ्जालमा स्टेटस पनि लेखेकी थिइन्, ‘म एकदम डराएकी छु। तर मैले लड्नु छ। र यो सुरु भएको छ।’ ज्योतिलाई होटल पुर्याइदिन आएका आयोजक टिमका एक्लै होटलको कोठामा पुगेपछि अपशब्द प्रयोग गरेको उजुरी गरेको प्रहरीले जनाएको छ।
![]()
प्रहरीले होटेलमा पुगेर एक जनालाई नियन्त्रणमा लिएको थियो। बुधबार बिहान ती व्यक्तिसँग बयान गर्दा आफूले मापसे गरेर केही अपशव्द बोलेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दुर्गा रेग्मीले जानकारी दिए। डिएसपी रेग्मीले भने,’उहाँले उजुरी दिएपछि नियन्त्रणमा लिएका हौं। दुवै पक्ष बीच सहमति भएपछि विवाद मिलेको हो।’













