कादर खानको निधनको खबर हल्ला मात्रै, वास्तविकता यस्तो रहेछ

6.07K
shares

काठमाडौं । सामाजिक सञ्जालमा सोमबार विहानै भारतीय अभिनेता कादर खानको निधन भएको खबर एकाएक फैलियो । सामाजिक सञ्जालमा डढेलो जस्तै फैलिएको कादरको निधनको खबरले नेपाली शुभ चिन्तकहरुलाई समेत नमिठो लाग्यो । चलचित्रमा विभिन्न चरित्रमा हँसाइरहने अभिनेता खानको निधनको खबर फैलिएपछि उनको शुभचिन्तकहरुले समवेदना समेत लेखे ।

नेपालमा पनि खानलाई धेरैले समवेदन दिए । तर अन्ततः उनको निधनको खबर गलत भएको पुष्टि भएको छ । कादरका छोरा सरफराजले बुबा कादर खान जीवितै रहेको भन्दै समाचारको खण्डन गरेका छन् । कादरका छोरा सरफराजका अनुसार उनको क्यानडाको एक अस्पतालमा उपचार भइरहेको छ ।

भारतीय सञ्चारमाध्मका अनुसार सरफराजले भनेका छन्, ‘कादरको विषयमा आएका समाचारहरु सबै गलत हुन् । उहाँ अहिले क्यानडाको एक अस्पतालमा उपचारत हुनुहुन्छ । ८१ वर्षीय कादरलाई केही समयअघि श्वास प्रश्वासमा समस्या देखिएको थियो । उनको अवस्था चिन्ताजनक भने रहेको जनाइएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083