काश्मिर हमलामा मारिएका सैनिक परिवारलाई अक्षयकुमारले गरे पाँच करोड सहयोग

4.82K
shares

काठमाडौं । भारतको जम्मू काश्मिरको पुलवामामा मारिएका भारतीय अर्धसैन्य बल सीआरपीएफका जवानप्रति नेताहरुले मात्र होइन बलिउडका कलाकारहरुले समेत उच्च सम्मान गरेका छन्।

उनीहरुले ती सैनिकमाथि भएको आत्मघाती हमलाको कडा आलोचना गरेका छन्। उनीहरुले सामाजिक सञ्जालमा आक्रमणप्रति आक्रोश व्यक्त गरेका छन्। अभिनेता अक्षय कुमारले त्यस हमलालाई निकै नै कायरतापूर्ण काम भएको प्रतिक्रिया दिएका छन्। अहिले सार्वजनिक खबरहरुका अनुसार अभिनेता अक्षय कुमारले ज्यान गुमाएका सैनिक जवानका परिवारहरुलाई सहयोगस्वरुप पाँच करोड रुपैयाँ दिने घोषणा गरेका छन्।

यसअघि अभिनेता अमिताभ बच्चनले पनि आतंकवादी हमलापछि शहीद भएका हरेक सैनिक परिवारलाई पाँच–पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेका छन्। साथै अभिनेता सलमान खानको एनजीओ बिइङ्ग ह्यूमन फाउण्डेशन पनि शहीद जवानका परिवारलाई सहयोग गर्न अघि सरेको छ।

अभिनेता अक्षय कुमारले आफूले आर्थिक सहयोग गर्ने घोषणा गर्दै सबै भारतीय नागरिकलाई सहयोग गर्न प्रोत्साहित गरेका छन्। उनले आफ्नो ट्वीटर अकाउन्टमा ट्वीट गदै भनेका छन्, ‘पुलवामा हमला हामी कहिल्यै भुल्न सक्ने छैनौँ र भुल्न पनि दिने छैनौं।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083