विवाद बढेपछि बोले सिद्धू – ‘मलाई द कपिल शर्मा शोबाट निकालिएको छैन’

5.23K
shares

मुम्बइ। केही दिनअघि भारतीय मिडियामा नवजोत सिंह सिद्धूलाई ‘द कपिल शर्मा शो’बाट निकालिएको र उनको ठाउँमा अर्चना पुरन सिंहलाई ल्याइएको खबर आएको थियो। तर, सिद्धूले भने यो समाचारको खण्डन गरेका छन्। उनले आफूलाई शोबाट ननिकालिएको बताएका छन्। जम्मु कश्मिरको पुलावामामा भएको आतंकवादी आक्रणपछि सिद्धूले दिएको बयानमा उनले पाकिस्तानको पक्ष लिएको आरोप लागेपछि उनलाई शोबाट निकालिएको भन्दै भारतीय मिडियामा समाचार आएका थिए।

सिद्धूले भने ‘मलाई शोबाट हटाइएको विषयमा मलाई कुनै जानकारी छैन। मैले आफ्नो राजनैतिक कामका कारण शोलाई समय दिन नसकेको भने सत्य हो। त्यसैले शोको दुई भागमा मेरो ठाउँमा अर्चना पुरन सिंह देखिनेछिन्। मैले विधानसभा बैठकमा सहभागी हुनुपर्ने थियो त्यसैले मैले शोको शुटिङ गर्न सकिरहेको थिइन। यसका अलावा शोसँग सम्बन्धित अन् कुनै जानकारी मसँग छैन। मलाई कुनै बर्खास्तगी पत्र प्राप्त भएको छैन।