मन्त्री थापाको प्रश्न-ठूला माछा भनेर कसलाई इंगित गर्न खोज्नु भएको?

5.1K
shares

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापा बादलले धादिङमा प्रहरीले समातेको ‘सुन’ काठमाडौं आउँदा तामा भएको घटना सम्बन्धमा छानबिन भइरहेको बताएका छन्। धादिङबाट प्रहरीले सुन भनेर बरामद गरेको ४ किलो धातु तामा रहेको पुष्टि भएको भन्दै धादिङका तत्कालीन एसपी डम्बरबहादुर विकलाई सरुवा गरिएको थियो।

उक्त घटनाबारे प्रश्न सोध्ने सांसद र जवाफ दिने गृहमन्त्री दुवैले तामालाई पित्तल भनेर गलत तथ्य पेश गरे। राष्ट्रिय सभामा बुधवार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री थापाले प्रहरीले समातेर राजस्वमा बुझाएको धातु सुन या पित्तल (तामा) के थियो भन्ने विषयमा अनुसन्धान भइ रहेको बताए।

‘सुन भनेर समातेको राजस्वमा बुझाउँदा पित्तल भन्ने आयो। प्रहरीले सुन समाएर राजस्वमा बुझाउँछ। मुचुल्का गरेर बुझाइएको हो। त्यो पित्तल रहेछ भन्ने कुरा आएको छ। त्यसको छानबिन चलिरहेको छ, मन्त्री थापाले भने, ‘सुन भनेर पित्तल बुझाइयो या सुन बुझाइएको पित्तल कसरी भयो यो कुराको छानबिन भइरहेको छ।

ठूला माछा भनेर कसलाई इंगित गर्न खोज्नुभएको ?

गृहमन्त्री थापाले सुन तस्करीमा संलग्न ठूला माछा समातिने क्रम चलि रहेको र बाहिर रहेकाहरू पनि छिट्टै जालमा पर्ने दाबी गरे। ‘ठूलो माछाको कुरा फेरि आयो। ठूलो माछा भनेर कसलाई भन्न खोज्नु भएको हो ? मन्त्रीलाई हो कि राजनीतिक नेतृत्वलाई इंगित गर्नुभएको हो ?’ मन्त्री थापाले प्रतिप्रश्न गरे। ३३ किलो सुनसँग सम्बन्धित लगानीकर्ताहरू पक्राउ परि सकेको र उनीहरूको जालो तोडिएको समेत मन्त्री थापाको जिकिर छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083