पूर्वपत्नी रेहम खानले खोलिन् इमरान खानको पोल

7.32K
shares

एजेन्सी। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पुलवामा आक्रमण पाकिस्तानले गराएको भन्ने भारतको आरोपलाई झुटो आरोप भएको बताएपनि उनकी पूर्वपत्नीले इमरानको पोल खोलिदिएकी छन्। इमरान खानकी पूर्वपत्नी रेहम खानले मंगलबार इमरान खानले दिएको अभिव्यक्ति उनको आफ्नो नभएको दाबी गरेकी छन्।

‘मंगलबार इमरान खानले भिडियोमा जुन वक्तव्य दिएका थिए, त्यो उनको होइन, उनी त स्क्रिप्ट पढिरहेका थिए। उक्त स्क्रिप्ट पाकिस्तानी सेनाले दिएको थियो। इमरान सेनको कठपुतली हुन्,’ उनले भनेकी छन्। पेशाले पत्रकार रहेम खानले पुलवामा आक्रमणपछि भारतले लगातार पाकिस्तान विरुद्ध वक्तव्य दिइरहेको थियो, तर इमरान खान चुप लागेर बसेको र उनी सेनाको निर्देशनको पर्खाइमा रहेको बताएकी छन्।

उनले इमरान सत्तामा बस्नकालागि आफ्नो सिद्धान्तसँग पनि सम्झौता गर्ने नेता भएको बताइन्। इमरानको विचारधार लिबरल नीति भएको सबैले थाहा पाएको उल्लेख गर्दै उनले भारतलाई युद्धको बदला युद्धको धम्की दिनु इमरानको नीति नभएको बताइन्। इमरानले सेनाको आदेशको पालना गरेको उनले बताइन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083