तीन एसएसपीसहित डेढ सय प्रहरीले हेरे फिल्म ‘अगस्त्य’

6.64K
shares

काठमाडौं । मानव बेचबिखन रोकथाममा प्रहरीको भूमिकाबारे बनेको फिल्म ‘अगस्त्य’लाई नेपाली प्रहरीका जवानदेखि अधिकारीसम्मले हेरेका छन् । सोमबार बेलुका यो फिल्म हेर्न तीन प्रहरी एसएसपीसहित डेढ सयभन्दा बढी प्रहरी बिग मुभिजमा पुगेका थिए ।

प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनाली, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भूपेन्द्र खत्रीसहित डीएसपी, इन्सपेक्टर, प्रहरी जवानसहित काठमाडौं प्रहरीको प्रत्येक वृत्तबाट दुई-तीनजना प्रतिनिधि पनि फिल्म हेर्न हलमा पुगेका थिए ।

प्रहरीबारेको कथावस्तु पनि भएको र रिफ्रेसमेन्ट पनि हुने भएकाले फिल्म देखाइएको निर्माताले जनाएका छन् । सौरभ चौधरी निर्देशित यो फिल्म हेरिसकेपछि यथार्थ कथामा बनेको भन्दै प्रहरीले यसको प्रशंसा गरेका थिए ।

उक्त अवसरमा निर्माता, निर्देशकदेखि फिल्मका कलाकारहरु सौगात मल्ल, नाजिर हुसेन लगायत उपस्थित थिए । कास्ट एण्ड क्रिउले उक्त अवसरमा फिल्म छायांकनको अनुभव सुनाएका थिए ।

वितरण कम्पनी डिजिटल सिनेमा नेपाल (डीसीएन) का प्रबन्ध निर्देशक अशोक शर्माका अनुसार यो फिल्मले शुक्रबार, शनिबार र आइतबार डेढ करोड ग्रस हाराहारीमा कमाइ गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083