प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको प्रमुख आतिथ्यतामा “आत्महत्या रोकथाम सम्भव छ” नामक डकुमेन्ट्री सार्वजनिक

Nepal Life Insurance Long Ad

सल्यान । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको प्रमुख आतिथ्यता तथा सल्यान जिल्ला शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा “आत्महत्या रोकथाम सम्भव छ” नामक डकुमेन्ट्री सार्वजनिक साथै “आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक विशेष अभियान” समुद्‍घाटन भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीको अवधारणामा तथा लेखनमा तयार पारिएको सत्य घटनामा आधारित “आत्महत्या रोकथाम सम्भव छ” नामक डकुमेन्ट्री सार्वजनिक साथै “आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक विशेष अभियान” को समुद्‍घाटन भएकाे हाे ।

जिल्ला समन्वय समितिको सभाहलमा गरिएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल, नगरपालिका/गाउँपालिकाका प्रमुख उपप्रमुखहरू, प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, क्याम्पस प्रमुख, विद्यालयका प्रधानाध्यापक, विद्यार्थीहरू, संचारकर्मीहरू, संघ संस्थाका प्रतिनिधीहरू, यातायात व्यवसायी, आमा समूह लगायत कानून व्यसायीहरूको उपस्थिति रहेको थियो ।

पछिल्लो समयमा सल्यान जिल्लामा आत्महत्याबाट जिवन गुमाउनेको सङ्ख्या कर्णाली प्रदेशमै उच्च रहेको सन्दर्भमा त्यसलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सल्यानको आयोजना तथा शारदा नगरपालिकाको सहकार्यमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक नवीन कार्कीले विभिन्न आर्थिक वर्षका आत्महत्या सम्बन्धी तथ्याङ्कहरू प्रस्तुत गर्नु भई करिब २३ मिनेटको डकुमेन्ट्री समेत प्रर्दशन गर्नु भएको थियो ।

त्यसैगरी कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सल्यानको तर्फबाट प्रहरी कर्मचारीहरूले आत्महत्या रोकथाम गर्ने सचेतनामा लक्षित रही “प्रहरी मेरो साथी” शिर्षकमा नाटक प्रर्दशन, नेपाली सेना र सशस्त्र प्रहरी बल अनाश्रीत गुल्म सल्यानको तर्फबाट नृत्य प्रदर्शन समेत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावल, बागचौर नगरपालिकाका प्रमुख जनक राज गौतम, शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी, छत्रेश्वरी गा.पा.का अध्यक्ष ओज बहादुर बुढाथोकी समेतले उक्त आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम तथा अभियान हालको परिप्रेक्ष्यमा आत्महत्या न्यूनिकरण गर्न सार्थक हुने र आगामि दिनहरूमा यसलाई सफल बनाउन पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

प्रमुख अतिथी प्रहरी नायव महाननिरीक्षक लालमणि आचार्यले कार्यक्रम जति भव्य रूपमा आयोजना गरिएको छ, यसबाट आउने प्रतिफल पनि उत्तिकै फलदायि हुनेछ भन्ने विश्वाश लिएको र यसका लागि सर्वपक्षीय सहयोग, सहकार्य र ऐक्यबद्धताको आवश्यक्ता रहेको कुरा बताउनु भयो ।

त्यसैगरी वर्तमान समयमा भौतिक विकासका साथसाथै मानसिक स्वास्थ्यको क्षेत्रमा पनि उत्तिकै गम्भीर भएर लाग्नुपर्ने आवश्यक्ता देखिएको र आत्महत्या मानसिक स्वास्थ्यसँग जोडिएको विषय World Health Organization (WHO) तथा विभिन्न अध्ययनहरूबाट पुष्टि भएकाले यस प्रकारको अभियान सञ्चालन गर्नु उदाहरणीय र प्रशंसनिय कार्य हुनुको साथै सर्वसाधारणले सरल र सहज ढंगले आत्महत्यालाई बुझ्न र रोकथामका लागी महत्वपुर्ण भूमिका खेल्न विश्वास व्यक्त गर्नु भएकाे थियाे ।

२२ फागुन २०८०, मंगलवार १३:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु