कोशी प्रदेश प्रहरी प्रमुखद्वारा मातहत प्रहरी प्रमुखहरुलाई निर्देशन

6.67K
shares

बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले कोशी प्रदेश प्रहरी अन्तरगत रहेका ईलाका प्रहरी कार्यालय “क” स्तर सम्मका प्रहरी प्रमुखहरुलाई भर्चुअल माध्यमद्धारा आवश्यक निर्देशन दिनु भएको छ।

निर्देशनको क्रममा उहाँले सिमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रणमा कडाईका साथ चेकजाँचको ब्यबस्था मिलाउन र लागू औषध नियन्त्रणमा बिशेष चनाखो हुनका साथै बिभागिय निती निर्देशनलाई अक्षरस पालना गरी संगठनको श्रीबृद्धीमा लागी पर्न निर्देशन दिनु भयो ।

उक्त कार्यक्रममा मातहत कार्यालयका प्रमुखहरुले आ-आफ्नो एरिया ईलाकाको सुरक्षा ब्यबस्थाको सम्बन्धममा प्रदेश प्रहरी प्रमुखलाई जानकारी गराउनु भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083