विविधताबीचको एकता देशको पूँजी र पहिचान हो : मुख्यमन्त्री पौडेल

वि.सं.२०७६ पुस १५ मंगलवार १३:२५
shares

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विविधताबीचको एकता नै देशको पूँजी र पहिचान भएको बताए । गुरुङ समुदायको महान् चार्ड तमु ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै मुख्यमन्त्री पौडेलले तमु ल्होसारले राष्ट्रिय एकता, सम्बन्ध र प्रेम बढाउने विश्वास व्यक्त गरिएको छ ।
मुख्यमन्त्री पौडेलले ‘फो ल्हो’ अर्थात् मृगवर्षलाई बिदा दिँदै ‘च्यु ल्हो’ अर्थात् मुसावर्षलाई नयाँ वर्षका रुपमा मनाइने यसवर्षको ल्होसारले नेपाली नेपालीबीच भाइचारा वृद्धि गर्न सकोस् भन्ने कामना गरिएको छ । ‘गुरुङ जातिको महान् पर्व तमु ल्होसारका अवसरमा सुख, शान्ति एवं संवृद्धिको हार्दिक शुभकामना व्यक्त गरिएको छ । विविधताबीचको एकता नै हाम्रो पूँजी र पहिचान हो’, सन्देशमा उल्लेख गरियो ।
‘गुरुङ समुदायले मनाउने यस पर्वले राष्ट्रिय एकता, सम्बन्ध र प्रेम बढाउने विश्वास गरेको छ । अन्त्यमा, गुरुङ समुदायको महान् पर्व तमु ल्होसारका अवसरमा यहाँहरु सबैको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गदै’, मुख्यमन्त्री पौडेलद्वारा शुभकामना सन्देशमा उल्लेख गरियो ।