‘अमेरिकाको निशानामा ईरानका ५२ स्थान’

वि.सं.२०७६ पुस २० आइतवार ०३:५०
shares

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई चेतावनी दिँदै अमेरिकाले ईरानका ५२ स्थानमा ‘निशाना’ बनाइरहेको दाबी गरेका छन् । ईरानले अमेरिकी नागरिक वा सम्पत्तिमाथि हमला गरे, उसमाथि ‘तीव्र र शक्तिशाली’ हमला गर्ने उनले चेतावनी दिएका छन् ।
ईरानका शीर्ष कमान्डर कासिम सुलेमानीको हत्यापछि राष्ट्रपति ट्रम्पको यस्तो बयान आएको हो । शुक्रबार अमेरिकाले गरेको हवाई हमलामा सुलेमानीको मृत्यु भएको थियो । यस घटनापछि ईरानले सही समय र सही स्थानमा यसको बदला लिने धम्की दिएको थियो ।
ट्रम्पले ट्वीट गर्दै भनेका छन्, ‘ईरान अमेरिकी सम्पत्तिमाथि निशाना बनाउने भनेर ठूलो सहास लिएर बोल्दैछ ।’ उनले इरानका लागि ‘निकै महत्त्वपूर्ण र उसको संस्कृतिका लागि अहम’ रहेका ५२ स्थानमा अमेरिकाले निशाना बनाइरहेको दाबी गरे । ‘यदी ईरानले अमेरिकामाथि हमला ग¥यो भने निकै चाँडो र शक्तिशाली हमला गरिनेछ,’ उनले भनेका छन् ।
‘अमेरिका थप धम्की चाहँदैन,’ ट्रम्पले भनेका छन् । उनका अनुसार ५२ लक्ष्यले ती ५२ अमेरिकीहरुको प्रतिनिधित्व गर्छ जसलाई सन् १९७९ मा ईरानमा एक वर्षसम्म बन्दी बनाएर राखिएको थियो ।