बार्सिलोना एस्पानियोलसँग बराबरी

4.85K
shares

एजेन्सी । रियल म्याड्रिडले छिमेकी टोली गेटाफेलाई हराउँदै शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अङ्क बराबरी गरेको छ । शनिबार राति भएको डर्बी खेलमा बार्सिलोना एस्पानियोलसँग बराबरीमा रोकिएपछि रियल अङ्क बराबरी गर्न सफल भएको हो । निकै संघर्षपूर्ण खेलमा रियलले गेटाफेलाई ३-० गोलअन्तरले पराजित ग¥यो । खेलअवधिभर गेटाफेले रियललाई दबाब दिएपनि सेट पिसमा डिफेन्स चुक्दा हार बेहोर्नुप-यो ।

फ्रिककको क्रसलाई गोलकिपर डेभिड सोरियाले आत्मघाती गोलमा परिणत गरेपछि रियलले खेलको ३४ औँ मिनेटमा अग्रता लिएको थियो । दोस्रो हाफमा टोनी क्रुसको फ्रिकिकमा राफायल भरानले हेडरमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । इन्जुरी समयमा फेडेरियो भाल्भर्डेको पासमा मोड्रिचले रियलका लागि तेस्रो गोल गरे । यसबीच गेराथ बेलको दुईवटा प्रहारलाई सोरियाले जोगाएका थिए भने भिनिसियस जुनियरले पनि सुन्दर अवसर खेर फालेका थिए ।

सातौँ स्थानमा रहेको गेटाफले रियलको ९ वटा प्रहारको तुलनामा १५ वटा प्रहार गरेको थियो । तर, खेलमा उत्कृष्ट प्रदर्शन गरेका गोलकिपर थियाबट कोर्टवाले सबै प्रयास बिफल बनाएका थिए । उता, १० खेलाडीमा सिमित बनेको बार्सिलोना एस्पानियोलसँग २–२ को बराबरी खेल्न बाध्य बन्यो । लिगको पुछारमा रहेको घरेलु टोलीले खेलको २३ औँ मिनेटमा डिएगो लोपेजको हेडरमा अप्रत्यासित अग्रता लिएको थियो ।

तर, दोस्रो हाफमा ९ मिनेटको अन्तरालमा लुइस सुवारेज र अर्टुरो भिडालले गोल गर्दै खेलमा बार्सिलोनालाई पुनरागमन गराएका थिए । खेलको ७५ औँ मिनेटमा फ्राङ्की डि जोङले दोस्रो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरपछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो । यसको फाइदा उठाउँदै खेलको ८८ औँ मिनेटमा चिनियाँ खेलाडी वु लिले गोल गर्दै खेल बराबरी गरे । बार्सिलोनाविरुद्ध गोल गर्ने उनी पहिलो चिनियाँ खेलाडी हुन् ।

बराबरीपछि बार्सिलोना र रियलको समान ४० अङ्क रहेको छ । तर, गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा कायम रहेको छ । शनिबार भएका अन्य खेलमा एथ्लेटिको म्याड्रिडले लेभान्तेलाई २–१ ले हराउँदै लिगको तेस्रो स्थानमा उक्लियो भने भ्यालेन्सियाले एबारलाई १-० ले पराजित गर्दै लिगको छैटौँ स्थानमा उक्लिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083