शान्ति सुरक्षाको अवस्था सुदृढ छ : गृहमन्त्री थापा

Nepal Life Insurance Long Ad

हेटौँडा।

गृहमन्त्री रामहादुर थापाले शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको बताउनुभएको छ । गृहमन्त्रालयद्वारा यहाँ आयोजित वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज सम्बोधन गर्नुहुँदै उहाँले नेपालको कालापानी क्षेत्रको भूभागलाई फिर्ता ल्याउन सरकारले भारत सरकारसँग कूटनीतिक प्रयास गरिरहेको छ भन्नुभयो ।

मन्त्री थापाले भ्रमण वर्षलाई उच्च प्राथमिकता दिएर बाह्य पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम कार्यान्वयन गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“ शान्ति सुरक्षालाई सुदृढ बनाउन सुरक्षाको नयाँ रणनीति अवलम्बन गरिएको छ । ” गोष्ठीमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तथा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल सहभागी हुनुहुन्छ ।
गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्ति सुरक्षाको अवस्था, नागरिकता, पासपोर्ट वितरण, अपराध नियन्त्रण तथा छिमेकी सिमाना समीक्षा गरिने कार्यक्रम रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।

गृहमन्त्रालयको सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाको उच्चस्तरीय सुरक्षा अधिकृत, प्रदेशका १३ वटै जिल्लाका प्रजिअहरुको सहभागिता गोष्ठीमा रहेको छ ।


नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

नागरिक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

नागरिक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

२०८१ चैत २८ बिहीवार

काठमाडौं ।  सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, ईचंगुनारायणद्वारा...

औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौ । औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न...

काठमाडौं उपत्यका प्रमुख एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाडौं उपत्यका प्रमुख एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

२०८१ माघ २४ बिहीवार

काठमाडौ ।   प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा...

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा पदभार ग्रहण

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा पदभार ग्रहण

२०८१ पुस १८ बिहीवार

काठमाडौ ।  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङले पदभार...

४२ औ आई. जि.पि. रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

४२ औ आई. जि.पि. रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

२०८१ पुस १६ मंगलवार

काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरकाे प्रमुख आतिथ्यतामा ४२...