ललितपुरको बालकुमारीस्थित व्यावसायिक भवनमा आगलागी

8.44K
shares

मुक्ति खबर,ललितपुर ।

ललितपुरको बालकुमारीमा आज बिहान आगलागी भएको छ ।

मुख्य सडकमै रहेको व्यावसायिक भवनमा पौने नौ बजेतिर आगलागी भएको हो । वारुण यन्त्रको मद्दतमा करिब आधा घण्टामै आगो नियन्त्रणमा लिइएको छ ।

आगलागीबाट भवनको दुई वटा तलामा क्षति भएको छ । दुवै तलामा रहेका फर्निचर, कागजात लगायतका सामान जलेर नष्ट भएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ । आगलागीबाट कति क्षति भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083