अमेरिकामा पनि कोरोना संक्रमण, एकको मृत्यु

9.4K
shares

एजेन्सी ।

अमेरिकामा पनि पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट एक जनाको ज्यान गएको छ।अनुसार शनिबार ५० वर्षीय एक व्यक्तिको भाइरसका कारण ज्यान गएको अमेरिकी सञ्चार माध्यम सीएनएनले जनाएको छ । सो कुराको पुष्टि पत्रकार सम्मेलन गरी स्वास्थ्य अधिकारीले समेत गरेका छन्।

सिटल एण्ड किंग काउन्टी, वासिङटनका डा. जेफ्रे डुचिनका अनुसार उक्त मृतकको स्वास्थ्य शुक्रबारबाटै नाजुक हुँदै गएको थियो। उक्त मृतक कुनै भाइरस संक्रमित बिरामीसँगको सम्पर्क भने रहेका थिएनन्।

डा. रोग नियन्त्रण तथा रोकथामका लागि अमेरिकी केन्द्रका निर्देशककाअनुसार उनले संक्रमित क्षेत्रको भ्रमण गरेको पनि नदेखिएको बताएका छन्। उनी बसोबास गर्दै गरेको क्षेत्रमै भाइरस संक्रमित भएका हुन्।

गत डिसेम्बरदेखि चीनको वुहानबाट फैलिएको कोभिड–१९ का कारण हालसम्म २,९७८ को ज्यान गइसकेको छ। यस्तै विश्वभरि ८६,९८३ जनामा भाइरस पुष्टि भएको छ भने ४२,१३९ जना निको भइसकेका छन्।


divya collage
unigloble collage