नेकपा सचिवालय बैठक बस्दै,राष्ट्रियसभा सदस्यको मनोनयनमा केन्द्रित हुने

10.13K
shares

मुक्तिखबर,काठमाडोँ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्य पदमा कसलाई पठाउने भन्ने विवाद चर्किएका बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार बस्दैछ ।

नेकपा अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार, प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ११ः३० बजेका लागि बैठक तय भएको छ ।

नेपाको गत बुधबार बसेको सचिवालय बैठकले फागुन २० पछि रिक्त हुने राष्ट्रियसभा सदस्य पदमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पठाउन सरकारलाई सिफारिस गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

आजको सचिवालय बैठक राष्ट्रियसभा सदस्यको मनोनयनमा केन्द्रित हुने बताइएको छ । नेकपा सचिवालयको अघिल्लो बैठकले राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रियसभा सदस्यका लागि उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

सचिवालयले सर्वसम्मत रूपमा गौतमको नाममा सहमति जुटाए पनि लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले असहमति जनाएका थिए । उनले मनोनयन सिफारिसमा सरकार स्वतन्त्र रहेको भन्दै कार्यवधि सकिन लागेका अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने अडान लिएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083