राहत वितरण प्रभावकारी बनाउन नेकपा नेता कुशवाहाको माग

16.61K
shares

बारा। बारा जिल्लाको निर्वाचन क्षेत्र ४ ख अन्तगत दैनिक ज्यालमजदुरी गर्ने , असाह गरिब जनताहरु राहत बितरण मजदुर, विपन्न र असहाय परिवारलाई राहत वितरण प्रक्रिया सुरु गरेको सन्दर्भमा बारा निर्वाचन क्षेत्र ४ ख मा राहत वितरण प्रभावकारी तथा अनुगमनका लागि नेकपाका नेता उमेश कुशवाहाले माग गरेका छन् ।

उनले लकडाउनका अवधिमा कोहीपनि नागरिक भोकभोकै बस्नु नपरोस् भन्ने भावनाले बारा जिल्ला भरीनै राहत कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

यस्तै जिल्लामा रोगको संक्रमण हुन नदिनका लागि भित्रि शहरी क्षेत्रका गल्ली र चोकचोकसम्म सेनिटाइज गर्ने, विदेशबाट आएकाहरुको लगत संकलन गर्ने, क्वारेन्टाइनमा राख्ने तथा चेकजाँच गराउने जस्ता कार्ययोजना प्रभावकारी ढङ्गले कार्यन्वयन गराउन समेत सुझाव दिएका छन् ।

बिश्वब्यापी महामारीका रूपमा फैलिइरहेको र नेपाल मा उच्च जोखिम भएको भन्दै कोरोना सङक्रमण नियनन्त्रका लागि लकडाउन पुर्णरुपमा पालन गर्न जनताहरुलाइ आग्रह गरेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083