लकडाउन एक साता लम्ब्याउन सिफारिस

7.42K
shares

काठमाडौं ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने सुझाव दिएको छ । तर यसको आधिकारिक निर्णय भने मन्त्रिपरिषद् बैठकले आईतबार मात्रै गर्ने छ ।

कोभिड१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको थियो ।यद्यपि बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्प समेत आएको थियो ।

त्यसलगत्तै बसेको कार्यदलको बैठकले वैशाख १५ बाट एक साता लकडाउन लम्ब्याउनुपर्ने राय दिएको छ । त्यसपछि अर्को मोडलमा जान सकिने बताइएको छ ।त्यही राय बोकेर समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरू बालुवाटार पुगेका छन् । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यदलको राय र बैठकमा आएका विकल्पहरूबारे ब्रिफिङ गर्नेछन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083