श्रीमतीको ज्यान गयो, श्रीमान् पक्राउ

6.25K
shares

डोटी। 

जिल्लाको शिखर नगरपालिका ८ बस्ने ३० वर्षीया राजु दमाइको ज्यान गएको छ । टाउकोमा चोट लागेर श्रीमतीको उपचारका क्रममा ज्यान गएपछि घटना संकास्पद भएको भन्दै उहाँका श्रीमान् कृष्ण दमाईलाई जिल्ला प्रहरी कार्यालय डोटीले नियन्त्रणमा लिएको छ ।

मृतक राजु गम्भीर घाइते रहेको खबर प्रहरीलाई आएको र अस्पालमा गएर मृतकको अवस्था हेर्दा संकास्पद देखिएकाले निजका श्रीमान् कृष्ण दमाईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कर्ण बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘श्रीमती राजु गम्भीर घाइते भई डडेल्धुरा उपचार गराउन लैजाँदै छौं भनेर उहाँका श्रीमान्ले हामीलाई खबर गरेपछि हाम्रो टोली अस्पताल पुग्दा टाउकोमा चोट लागेका कारण श्रीमान् कृष्णलाई आवश्यक सोधपुछका लागि नियन्त्रणमा लिएका हौं ।’ मृतकको टाउको फुटेको अवस्थामा रहेको र बाँकी पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै भन्न सकिने प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक बोहराले जानकारी दिनुभयो ।

घटना भएको दिनमा एउटै कोठामा दमाई दम्पत्ति मात्रै रहेको बुझिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083