खाना पकाउने ग्यास बिस्फोट, २ बालक घाइते
वि.सं.२०७७ वैशाख २२ सोमवार ११:२३
9.61K
shares
shares

तनहुँ । खाना पकाउने ग्यास बिस्फोट हुँदा २ बालक घाईते भएका छन् । जिल्लाकाे आँबुखैरेनी गाउँपालिका -१ स्थित सत्रसयमा ग्यास सिलिण्डर बिस्फोट हुँदा २ बालक घाईते भएका हुन् । आइतबार भएको विस्फोटमा परी स्थानीय विनोद विकका दुई छोरा ११ वर्षीय विवेक र ७ वर्षीय सरगम घाईते भएका छन् ।
विवेकको अवस्था गम्भीर छ भने सरगम सामान्य घाइते छन् । विवेकको शरिर र हातको केही भाग जलेको छ । दुवै जनाको जिल्लास्थित हाडजोर्नी अस्पताल आँबुखैरेनीमा उपचार भइरहेको जनाइएको छ ।
घरमा खान पकाइरहेको अवस्थामा ग्यास सिलिण्डर विस्फोट भएको हो । सिलिन्डर विस्फोट हुँदा विकको घरको भित्तासहित छानासमेत भत्किएको छ । घर पुर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।












