१८ वर्षीय युवामा कोरोना संक्रमण, संक्रमितको संख्या १२१ पुग्यो
वि.सं.२०७७ वैशाख २९ सोमवार १६:३२
7.05K
shares
shares

काठमाडौं ।
नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ घर भएका १८ वर्षीय युवामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको स्वाब परीक्षणका क्रकमा उनमामा कोरोना भाइरसको संक्रमण भेटिएको हो ।यससँगै, नेपालमा संक्रमितको संख्या १ सय २१ पुगेको छ ।




























