उपत्यकाका सबै कार्यालय १५ दिन बन्द गरिने

7.46K
shares

काठमाडौं। काठमाडौं उपत्यकामा वैशाख २८ बाट लागू गरिएको सवारी ‘टाइमकार्ड’ रद्द गर्दै सबै कार्यालय १५ दिन बन्द गरिने भएको छ ।

कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेपछि अत्यावश्‍यक सेवा प्रदान गर्ने केही कार्यालय बाहेक सबै बन्द गर्ने काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले निर्णय गरेको हो ।

निजी संस्थाका कार्यालय यसअघिदेखि नै बन्द रहँदै आएका थिए । अब सरकारी कार्यालय पनि सबै बन्द हुने भएको छ ।

तीन जिल्लाको प्रशासन कार्यालयले संयुक्त रूपमा गरेको निर्णय अनुमोदनका लागि शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा पेश गरिने बताइएको छ ।


divya collage
unigloble collage