यस्तो छ संघीय संसदको आजको कार्यसूची
वि.सं.२०७७ जेठ ४ आइतवार ११:२२
shares

काठमाडौ । आज बिहान ११ बजेदेखि संघीय संसद अन्तरगत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सुरु भएको छ ।
प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट गत जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्टपतिबाट प्रस्तुत गरिएको आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गर्रिको छ ।
यस्तै सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने संघीय संसदका महासचिव डा. भरतराज गौतम जानकारी दिएका छन् ।
यस्तै राष्ट्रियसभाको बैठकमा पनि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसमाथि संसदमा छलफल गर्ने कार्यसूची तय गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको नीति तथा कार्यक्रम माथि संसोधन हाल्ने तयारी गरेको छ ।













