भारतको रामपुरमा अलपत्र परेकाको उद्धार, गाउँमा पुग्दा खुशी

5.01K
shares

बझाङ। भारतको उत्तर प्रदेशको रामपुरमा अलपत्र परेका थलारा गाउँपालिकाका ९३ जना गाउँ पुगेका छन् । अलपत्र रहेका थलारावासीलाई उद्धार गरी ल्याउनुपर्ने विभिन्न निकायबाट दबाब सिर्जना भएपछि गाउँपालिकाको टोलीले विभिन्न निकायसँग समन्वय गरी गाउँ ल्याएको हो ।

भारतको दिल्लीबाट चैत ११ गते घर फर्किनका लागि आएका उनीहरुलाई भारत सरकारले बिचबाटोमा रोकेर रामपुरको क्वारेन्टाइनमा ५० दिनसम्म राखेको थियो । अलपत्र परेका नागरिकलाई उद्धार नगरेको भन्दै चौतर्फीरुपमा आलोचना भएपछि गाउँपालिकाका सबै पार्टीका राजनीतिकर्मी र जनप्रतिनिधिको पहलमा भारतको गौरीफन्टा नाकामा पु¥याएपछि गाउँपालिकाले ५३ दिनपछि उद्धार गरी गाउँ ल्याएको हो । गाउँ पुगेपछि उहाँहरुले निकै खुशी हुँदै आफूहरुमा कोरोनाको सङ्क्रमण नभएकोमा ढुक्क भएकोसमेत बताएका छन् ।

विगत १० वर्षदेखि भारतको फरिदाबादमा चौकीदारी गर्दै आएका थलारा गाउँपालिका–१ का बहादुर थापाले भन्नुभयो, “५० दिनसम्म निकै कष्टकर समय बिताउनुपर्यो, कोरोनाको त्रासले भारत सरकारले समेत लकडाउन गरेपछि घर जाउँ भनी सबै फर्किएका थियाँै तर भारत सरकारले भारतको बरेलीमा रोकेर फेरि ६५ किलोमिटर फर्काएर रामपुरमा लगेर राखेको थियो ।” उहाँले गाउँ पुगेपछि निकै खुशी भएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले आफूहरुले निरन्तर पाँच दिनसम्म भारतीय दूतावास, कैलाली जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँग समन्वय गरी भारतबाट उद्धार गरी गाउँसम्म ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “उद्धार गरी ल्याइएकालाई अब गाउँपालिकाको क्वारेन्टाइनमा १४ दिन राखी स्वास्थ्य परीक्षण गरेपछि मात्र घर पठाइने छ ।”


divya collage
unigloble collage