झापामा ९ जनामा कोरोना संक्रमण पुष्टी
वि.सं.२०७७ जेठ ६ मंगलवार १३:०१
5.37K
shares
shares

काठमाडाैँ ।
झापामा ९ जनामा कोरोना संक्रमण पुष्टी भएकाे छ । उनीहरू झापाको केचनकवल गाउँपालिकाका रहेका छन ।
उनीहरुको कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा गरीएकाे पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् ।
योसँगै झापामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।



















