मन्त्रिपरिषद बैठक बस्दै, संविधान संशोधनको प्रस्ताव ल्याउने

6.44K
shares

काठमाडौं । संविधान संशोधनको प्रस्ताव ल्याउन मन्त्रिपरिषदको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बस्ने बैठकले संविधान संशोधनको प्रस्ताव संसदमा प्रस्तुत गर्ने निर्णय गर्न लागेको एक मन्त्रीले जानकारी दिए।

सरकारले बुधबार लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ नक्सा जारी गरेको छ। उक्त नक्सा कार्यान्वयनका लागि संविधानमा रहेको निशान छापभित्र रहेको नेपाली नक्सा पनि परिवर्तन गर्नुपर्ने हुन्छ।

संविधानको अनुसूचीमा रहेको सोही निशान छापभित्रको नेपालको नक्सा परिवर्तन गर्न सरकारले प्रतिनिधि सभामा संविधान संशोधनको प्रस्ताव लैजान लागेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि संसदमा बोल्दै सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउन लागेको जानकारी दिएका थिए।पछिल्लो समय नेपाली भूमि कालापानी क्षेत्रमा भारतले सडक बनाएर उद्घाटन गरेपछि नेपालले पनि उक्त क्षेत्र आफ्नो भूमिमा समेट्दै नयाँ नक्सा जारी गरेको छ।

प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रको भू(भाग फिर्ता ल्याएरै छोड्ने प्रतिवद्धता व्यक्त गरेका छन्। भारतले भने नेपालले एक पक्षीय रूपमा जारी गरेको नयाँ नक्सा आफूलाई मान्य नहुने प्रतिक्रिया दिएको छ।


divya collage
unigloble collage