संविधान संशोधनको विषयमा काँग्रेस र जसपाबीच छलफल हुँदै
वि.सं.२०७७ जेठ १० शनिवार १२:१७
shares

g]kfnL sfFu|]; / /fhkf a}7s g]kfnL sfFu|];sf ;efklt z]/zxfb'/ b]pjf;lxt zLif{ g]tfx? a'waf/ /fhkf g]kfn;Fu ;+;bLo bnsf] sfof{no l;+xbaf/df a}7s a:b} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
काठमाडौंँ।
सरकारले गर्न लागेको संविधान संशोधनको विषयमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालबीच बूढानीलकण्ठमा छलफल भइरहेको छ ।सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचीमा राख्नका लागि संविधान संशोधन हुन लागेको छ । सोही संशोधनमा मधेसी लगायत अन्य समुदायले माग गरेको संविधान संशोधनलाई पनि समावेश गराउने विषयमा दुई दलबीच छलफल भइरहेको बताइएको छ ।
जसपा नेपालले प्याकेजमै संविधान संशोधनका लागि सरकारलाई आग्रह गरेको छ ।मधेसी दलहरुले लामो समयदेखि संविधान संशोधनको माग राख्दै आएका छन् ।संविधान संशोधनको विषयमा सरकारसँग पटक पटक सहमति भए पनि हालसम्म संशोधन नभएको दावी मधेसी दलको छ ।
यसपटक सरकारले नक्साको विषयलाई लिएर संविधान संशोधन गर्न लागेको छ । त्यसमा दुई तिहाई बहुमतका लागि काँग्रेसलगायत अन्य दलको पनि आवश्यकता पर्न सक्छ त्यसैले मधेसवादी दलले काँग्रेससँग छलफल गरिरहेको बताइएको छ ।
साथै बैठकमा सरकारले जारी गरेको नक्साका कारण उत्पन्न परिस्थितिको विषयमा पनि दुई दलको बीचमा छलफल हुने बताइएको छ ।












