ग्राण्डी अस्पतालको कर्मचारीमा पनि देखियो कोरोना संक्रमण
वि.सं.२०७७ जेठ १० शनिवार १४:३३
9.28K
shares
shares

काठमाडौं ।
ग्राण्डी अस्पतालमाका एक कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको बताएको थियो । उनी ग्राण्डीका कर्मचारी भएको बताईएको छ ।
उनको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । संक्रमित व्यक्ति स्वास्थ्यकर्मी नभएको अस्पताल स्रोतले बताएको छ ।
अब अस्पताल सिल गरेर उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको खोजी गर्ने र परीक्षण गर्ने तयारी छ । कन्ट्याक्ट ट्रेसिङका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली खटिसकेको छ ।












