क्वारेन्टिनमा खटिएका २ सैनिकसहित ५ जनामा कोरोना पुष्टि
वि.सं.२०७७ जेठ १३ मंगलवार १३:१४
8.65K
shares
shares

काठमाडौं।बाराको पचरौत नगरपालिकामा रहेको क्वारेन्टिनमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्वारेन्टिनको सुरुक्षामा खटिएका दुई नेपाली सेना र अन्य तीनजनामा संक्रमण देखिएको हो । यससँगै बारामा संक्रमितको संख्या ४१ पुगेको छ ।
कोरोना संक्रमणका कारण बारामा एक जनाको मृत्यु समेत भइसकेको छ । मृत्यु हुनेमा ७० वर्षीय वृद्ध रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ । आज थपिएका संक्रमितलाई अस्पताल लैजाने तयारी भइरहेको छ।




























