आजको मौसमः हावाहुरी, चट्याङ र वर्षाको सम्भावना

7.35K
shares

काठमाडौं । आज देशका पूर्वी, मध्य तथा पश्चिम पहाडी भू(भागमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी न्यून चापीय प्रणाली र स्थानिय वायुको प्रभाव कायमै रहेकाले आज पहाडी भू-भागमा आंशिक बदलीसंगै अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

त्यस्तै, भोलि देशको पूर्वी भूभागका केही स्थान र मध्य तथा पश्चिमी पहाडी भूभागमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको तापक्रम २१ डिग्री मापन गरिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083