कांग्रेसले बोलायो केन्द्रीय कार्य समितिको बैठक

6.45K
shares

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ।पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार जे १७ गते दिउँसो १ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सानेपास्थित बीपी स्मृति भवनमा बैठक बोलाइएको हो।

प्रवक्ता शर्माका अनुसार उक्त बैठकमा सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावमा छलफल हुनेछ। यही मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ नक्सालाई आधिकारिकता दिन संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावबारे केन्द्रीय कार्यसमिति बैठकबाट आधिकारिक धारणा बनाउने बताएका थिए।

त्यसपछि बुधबार संसदमा अघि बढाउने भनिएको संविधान संशोधन प्रस्ताव रोकिएको थियो। त्यसपछि कांग्रेस र नेकपाबीच तीव्र मतभेद र आरोप प्रत्यारोप चलिहेको छ। कांग्रेसमाथि भारतको दबाबमा पछि हटेको आरोप लागिरहेको छ। उता सरकारले पनि भारतकै दबाबका कारण डराएर संविधान संशोधन प्रस्ताव अघि नबढाएको आरोप कांग्रेसले लगाएको छ।

यस्तोमा भारतीय सञ्‍चारमाध्यमले भारतको कूटनीतिक दबाबका कारण नेपालको नयाँ नक्सा तत्काललाई तुहिएको समाचार बुधबारदेखि निरन्तर प्रकाशनरप्रसारण गरिरहेका छन्। भारतले हडपेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर जारी गरिएको नयाँ नक्सालाई संसदबाट सर्वसम्मत पारित गराउने पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली उभिएका छन्।

कांग्रेसले पनि त्यसमा सहमत रहेको जनाएको त छ तर केन्द्रीय समितिबाट आधिकारिक धारणा बनाउने भनेपछि सरकारले प्रस्ताव अघि बढाएको छैन।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083