रुकुमपश्चिम घटनाको विरोधमा गण्डकी दलित पत्रकार संघद्वारा प्रदर्शन

8.32K
shares

पोखरा । रुकुम पश्चिममा भएको घटनाको विरोध गर्दै दिप प्रज्वलन रुकुम पश्चिममा भएको जातीय बिभेदको घटनामा मृत्यु भएकाहरुको सम्झनामा गण्डकी दलित पत्रकार संघले पोखरामा दिप प्रज्वलन तथा विरोध गरेका छन । अन्तरजातीय प्रेम सम्बन्धलाई वैवाहिक जीवन बनाउनको लागी गएका केटा पक्षका ६ ज्यान जाने गरि भएको घटनाको निन्दा गर्दै पोखराको मानव अधिकार चोकमा पम्पेलट सहित शान्तिपूर्ण विरोध गरिएको छ । घटनामा संलग्नलाई कडा भन्दा कडा कार्वाही गरि पिडतलाई न्याय दिलाउन माग गरेका छन ।

जाजरकोट रानागाँउका नवराज विकले रुकुम पश्चिम चौरझारीकि सुष्मा मल्ल बिछ अन्तरजातीय विवाह गर्न खोज्दा जनप्रतिनिधि सहित गाउँलेले नै कुटपिट गरि मृत्युु भएको भन्दै बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कार्वाहिको माग गरेको हो । विक र मल्ल बिछ लामो समय देखि प्रेम सम्बन्ध रहेको र विवाहको लागी केटाको तर्फबाट माग्न जादाँ रुकुम पश्चिम चौराझारी नगरपालीका वडा ८ का वडा अध्यक्ष डम्मर मल्ल सहित गाउँलेहरुले विक र उनिसंगै गएका सबैलाई लखेटेका थिए ।

उक्त घटनामा परि विक सहित ३ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन । जन प्रतिनिधि तथा गाउँलेहरुले कुटपिट गरि ज्यान जोगाउन भेरी नदिमा हाम फाल्दा ३ जनाको शव भेटिएको हो भने ३ जना बेपत्ता भएको भनिए पनि घटना सुनियोजित भएको आशंका गरिएको छ । विक सहित उनी संगै गएका गणेश बिढा र टिकाराम सुनारले समेत ज्यान गुमाएका थिए ।

घटना प्रती दलित पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ । २१ औ शताब्दीमा समेत दलित समुदायले अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा ज्यानै गुमाउने प्राकृतिको घटना हुनु निन्दनीय रहेको नेपाली काङ्ग्रेसकी नेतृ सरस्वती गुरुङले बताइन ।

‘नेपालको संविधान र विध्यमान कानुन बमोजिम घटनामा संलग्नहरुलाई हदै सम्मको कार्वाही हुनुपर्छ, अझै यस्ता घटाना लुकेका छन अब चुप बस्न हुदैन, दलितको कुरा दलितले, महिलाको कुरा महिलालेमात्र उठाउने हो र ?’ गुरुङले भनिन् । त्यस्तै पोखरा महानगरपालिकाका प्रवक्ता एवम् वडा ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले बिज्ञानको युगमा समेत जातीय द्वन्द्व तथा विभेद हुनु निकै दुखको कुरा भएको बताए ।


divya collage
unigloble collage