बर्षामा भाइरस बढ्ने खतरा

6.45K
shares

वासिंगटन (एजेन्सी)

अमेरिकाको जोन्स हपििकन्स युनिर्सिटी एप्लाइड फिजिक्स लेबोरोटरीका वरिष्ठ वैज्ञानिक जेर्ड इवान्सले सीमित बर्षाको असर भाइरसमा कस्तो हुन्छ अहिलेसम्म थाहा नभएकोमा सचेत गराएका छन् ।

यद्यपी अधिकांश विशेषज्ञहरुले बर्षाको आद्रताका कारण भाइरस प्रसारमा तिब्रता आउने र त्यसले बर्षामा संक्रमणको खतरा झन बढ्ने चेतावनी दिएका छन् ।

यसबीच वासिंगटन युनिभर्सिटीका ग्लोबल हेल्थ, मेडिसिन र एपिडिमियोलोजीका प्रोफेसर जेर्ड बेटेनले बर्षामा कोरोना भाइरसलाई डाइल्युट ( घोलेर कमजोर) बनाउने बताएका छन् । जसरी धुलो बर्षाको पानीमा घुलेर बहन्छ, त्यसैगरी कोरोनाभाइरस पनि बग्न सक्छ । तर केही विशेषज्ञले बर्षाको पानी साबुन पानीले जस्तो सतहलाई संक्रमणरहित गर्न सक्षम नहुने बताएका छन् ।

युनिभर्सिटी अफ मेरिल्यान्डका अनुसार १७ दिन पछिपनि सतहमा कोरोना भाइरस जीवित भेटिएको घटना अगाडी आएकोछ । यस प्रकारका तथ्यहरु अगाडी आइरहँदा बर्षाले कसरी सतह, मैदान वा कुर्सीमा रहेका भाइरस सफा हुन्छ भन्न सक्ने स्थिति नरहेको जनाएको छ । त्यसैले बर्षामा थप सावधानी आवश्यक भएको वैज्ञानिकहरुले बताए ।

युनिभर्सिटी अफ डेलावेयरका एपिडिमियोलोजी डिपार्टमेन्टका संस्थापक तथा वैज्ञानिक जेनिफर होर्नेका अनुसार बर्षाको पानीले भाइरस सफा गर्न सक्दैन । यसले भाइरस फैलिने – बढ्ने गतिमा कमी हुने छैन । जस्तो पानीले मात्र हात धुँदा भाइरस मर्दैन, साबुन लगाउनु पर्ने हुन्छ ।