रुकुमपश्चिम घटनाका दोषीलाई कारबाहीको माग गर्दै धनगढीमा प्रदर्शन
वि.सं.२०७७ जेठ २० मंगलवार २२:३६
shares

मुक्तिखबर,धनगढी।
यही जेठ १० गते रुकुमपश्चिममा नवराज बिकसहित उनका ६ जना साथीको ज्यान जाने गरी भएको बीभत्स हत्याको बिरोधमा मंगलबार कैलालीको धनगढीमा शरीरमा डोरी बाँधी बिरोध प्रदर्शन गरिएको छ ।बिरोध र्याली धनगढीको पार्कमोडदेखि जिल्ला प्रशासन कार्यालयमा पुगी कोण सभामा परिणत भएको थियो।

कोण सभालाई सम्बोधन गर्दै नेपाल दलित संघका वरिष्ठ उपाध्यक्ष छत्र टेलरले लोकतान्त्रिक देशमा यस्तो घटना हुनु दुखद भएको बताउनुभयो । उहाँले मानवको बाँँच्न पाउने अधिकारलाई कुण्ठित पार्ने काम अन्त्य हुनुपर्ने बताउनु भयो ।

यस्तै अर्का वक्ता नेपाल महिला सघ कैलालीकी जिल्ला अध्यक्ष पुष्पा भट्टले घटना अमानवीय ,निनन्दनिय भएको बताउनु भयो । त्यस्तै मुक्तिका लागि साझा अभियानका संयोजक प्रेम बिसीले घटनाका दोषीलार्इ कडा भन्दा कडा सजाय दिर्इ कानुनी राज्यको प्रत्याभूति गराउन राज्यसँग माग गर्नु भयो ।
कोणसभामा नेपाल तरुण दल कैलालीका नेता अमृत बिसी राजनैतिक दल,समाजसेवी,बुद्धिजीवी नागरिक समाज अधिकारकर्मी लगायतको उपस्थिति रहेको थियो भने मुक्तिका लागि साझा अभियानका संयोजक प्रेम बि।सीको अध्यक्षतामा कोण सभा सम्पन्न भएको थियो ।












