डोटीको क्वारेन्टाइनमा एक युवकको मृत्यु

6.14K
shares

काठमाडौं । डोटीको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । भारतको लुधियानाबाट १९ गते डोटी आएर २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्त क्वारेन्टिनमा बस्दै आएका १९ वर्षीय युवकको मुत्यु भएको हो ।

आइतबार बिहान करिब ३ बजे उनको मृत्यु भएको हो । उक्त क्वारेन्टिनमा तीन महिला सहित १० जना छन् ।मृतकको स्वाब संकलनका लागि टोली पठाइसकेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए।

घटनास्थलमा प्रहरी टोली पुगिसकेको र स्वाबको नतिजा नआएसम्म शव प्रहरीको निगरानीमा रहने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिनुभयो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083